मुगू जिल्लाको २९९० मि उचाई मा रहेको रारा ताल लाई स्वप्न भुमी पनि भनिन्छ । सुदुर पश्चिमको कैलाली, डडेलधुरा,
डोटी,
अछाम र बाजुराको पन्डुसैन सम्मको गाडी यात्रा पश्चात सुरु हुने पैदल यात्रा बाट सुरु हुन्छ वास्तविक गन्तब्य रारा
ताल ।
|
राराको मरोरम दृश्य |
बाजुराको कोल्टिमा रातिको बास बसी भोली पल्ट बिहान सुरु भएको यात्रा बाजुराको बाँधुमा बिहानको खाजा खान रोकिन्छ।
कर्णालीको तिरै तिर जुन वास्तवमै मनोरम छ सम्पूर्ण थकान मेटिने ।
दिउसोको खाना हुन्छ बाजुरा र मुगूको सिमा क्षेत्र कर्णालीको तिर मा रहेको झुलङाको सानो होटलमा ।
|
बिकट कर्णाली तिरको बाटो |
मुगू जिल्ला प्रबेश गरे पश्चात रातापनी हुँदै करिब ६ घण्टाको पैदल यात्रा पछी माथिचौर भन्ने ठाउँमा बास बस्न पुगिन्छ ।
दोस्रो
दिनको यात्रा सेरी हुँदै, माडिखोल खोला (रारा
तालको पानी) को किनारै
किनार बाउपानी पुगिन्छ खान खानको लागि ।
|
मुगुको रमणिय रातापनि गाँउ |
त्यहा
बाट ३/४ घण्टाको
हल्का उकालो बाटो हिंडेपछी रारा गा. बि.
स. को मुर्मा सेरी भन्ने ठाउँ पुगिन्छ । त्यहा बाट १ घण्टाको यात्रा पछी राराको मनोरम द्रिश्य देखिन्छ जस्को करण सम्पूर्ण थकान मेटिन्छ ।
वारीपरी
हिउँका टकुरा र जङ्गल हरुको बिचमा रहेको रारा दह (महेन्द्र ताल) को
५००० मि लम्बाई, ३००० मि चौडाई
र १६७ मि गहिराई छ ।
|
पश्चिमि मोहडाबाट देखिएको रारा |
रारा
राष्ट्रिय निकुन्जको आश्रम गृह र एउटा सुबिधा सम्पन्न होटल रहेकोछ रात्री बिश्रामको लागि ।
अझ
यात्रा लाई थ प रोमान्चित पार्ने हो भने रारा ताल बाट २ दिन को यात्रा गरी मुगूको सदर मुकाम बाट जुम्ला को भुल्भुले हुँदै चौथा मा बास बसी भोलिपल्ट नेउरी गाड , खाली, डाँफे
लेक हुँदै जुम्लाको खलङा पुगिन्छ । जुम्ला को खलङा बाट हावाई मार्ग हुँदै सुर्खेत तथा नेपालगन्ज फर्कन सकिन्छ ।
|
राराको मरोरम दृश्य |
थप तस्बिरहरु तल हेर्नुहोस् ।
|
बाजुराको कोल्टी |
|
मुगुको सेरी गाँउमा देखिएको रारा तालबाट निस्केको पानीको सानो खोला |
|
राराको किनारामा रमाउदै पर्यटकदरु |
|
रारा राष्ट्रिय निकुञ्जको कार्यालय परिसर |
|
जुम्लाको डाँफे लेक |
0 comments:
Post a Comment