अरुले जस्तो कलम
घुमाएर,
शब्दरुपी तस्बिर
कोर्न सक्दिन ।
भाब बिनाका शब्दका
केस्राहरु,
छुट्याएर पाठकलाई
पस्किन सक्दिन
त्यसैले म कवि होईन
।।
सेक्शपियरले जे लेखे
पनि
कविता बन्थ्यो, कलम
नचाउदै
कविताहरुको आविस्कार
गर्थे ।
लक्ष्मी
प्रसादको शब्दहरुको
साना
छर्राहरुले पनि कविताको रुप लिन्थ्यो ।
म छर्रा
प्रहार गर्न सक्दिन,
कलम
नचाउन सक्दिन
त्यसैले म कवि होईन
।।
कवि
बन्न समुन्द्रमा तैरिनु पर्छ रे!
कालो
ओढारमा बिथोलिनु पर्छ रे!
मलाई
समुन्द्र देखेर डर लाग्छ
ओढार
देखेर काहालि लाग्छ
त्यसैले म कवि होईन
।।
शब्दहरुको
मालालाई कविता भन्छन ।
मेरो
शब्दको बगैंचा छैन
धागो
पनि जृण भैसक्यो ।
सियोको
धारमा खिया रंगिसके
म
माला उन्न सक्दिन
त्यसैले म कवि होईन
।।
हो ! म कवि होईन ।।।
हो ! म कवि होईन ।।।
you said you are not poet...but you write a very beautiful poem...which shows you are perfect poet...
ReplyDeleteThank you ...
Delete